काठमाडौँ - सांसद रेणुका गुरुङले अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गरेकी छन्। बिहिबार संसद बैठकको शूून्य समयमा बोल्दै सांसद गुरुङले संघीय सांसदलाई विभेदकारी नजरले बजेट छुट्याइएको भन्दै अर्थमन्त्रीको राजिनामा माग गरेकी हुन्।
संघीय संसदका समानुपातिक सांसदलाई सौतेनी नजरले हेरेको र साँघुरो सोचले बजेट ल्याएको भन्दै उनले आक्रोश पोखेकी छन्। उनले भनिन्, ‘संघीय सांसद, मन्त्री, प्रधानमन्त्री हुन्छन् भन्ने कुरालाई वेवास्ता गरेर आफ्नो पदको अख्तियारीलाई ख्याल नगरेकाले सभामुखमार्फत अर्थमन्त्रीको राजिनामा माग गर्दछु। कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेको यही हो।’
प्रदेश नम्बर २ को सरकारले समान रुपमा सांसदलाई बजेट वितरण गरेर संघीयताको नमुना पेश गरेको उनले उदाहरण दिइन्।