काठमाडौँ - सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी विधेयक आज बुधबार फिर्ता लिएको घोषणा गरेको छ । विधेयक दर्ता गराएकै दिनदेखि चौतर्फी दबाब आएपछि सरकारले सरकारले बाध्य भएर उक्त विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेलन गरेरै विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।
गुठी विधेयक गुठी मास्ने मनशायले ल्याएको भन्दै यसको चौतर्फी विरोध भइरहेको थियो । विधेयकलाई लिएर भ्रम सिर्जना गर्ने र वातावरण बिथोल्ने कोसिस भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।