काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई परिवार दलले संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।
सोमबार परिवार दलको अध्यक्ष एकनाथ ढकालले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली शर्मालाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यन्वनको माग गरेका हुन्।
चुनावको बेला भएको सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार दलको भनाई छ। प्रधानमन्त्रीसँग भएको भेटमा ढकालले राष्ट्रिय सभामा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको जनाएको छ। प्रधानमन्त्री ओलीले यसबारे पार्टीमा छलफल गर्ने जवाफ दिएका थिए।
ढकालले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको ढकालले जनाए।