काठमाडौँ - सांसद लक्ष्मी परियारले वर्तमान सरकारले पूर्ववर्ती नेपाली कांग्रेसको सरकारले अघि सारेका कार्यक्रमहरू भत्काएको आरोप लगाएकी छन्।
कांग्रेसकी सांसद लक्ष्मी परियारले संसदको शून्य समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओलीले कांग्रेसले अघि सारेका कार्यक्रमहरू कटौती गरेको भन्दै कटाक्ष गरिन्।
सरकारले गुठी मास्ने खोजेको भन्दै सांसदले परियारले संविधान र जनतामाथि प्रहारको प्रहारलाई कांग्रेसले हेरेर बस्न नसक्ने बताइन। उनले भनिन्,‘गुठी नेपालीको पहिचान हो। संस्कार संस्कृत हो। गुठीयार र संवद्धका आवाजहरू सुनुवाइ हुुनुपर्छ। वर्तमान सरकारले समानुपातिक, आरक्षणलाई कुल्चिने काम गरेको छ।विभिन्न आयोगहरूका पदाधिकारी छनोट गरेको छैन।’