काठमाडाैँ – साताव्यापी युराेप भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान स्वदेश फर्किएका छन्। आइतबार प्रधानमन्त्री ओली कतार एयरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आइपुगेका हुन्।
ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा लगायतले स्वागत गरेका थिए। अहिले प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउँदैछन्।