काठमाडौँ – संघीय संसदको विकास तथा प्रविधि समितिले पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको शुक्रबार बसेको बैठकले काठमाडौँको तिनकुनेस्थित बाग्मती नदीमाथिको पुल निर्माणमा गम्भीर त्रृटी भएको भेटिएको ठहर गर्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न निर्देशन दिएको हो।
उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहीन काम गरेको ठहर भएकोले पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्नका निम्ति सरकारलाई निर्देशन दिएको समितिकी सभापति कल्याणी खड्काले नेपाली पब्लिकलाई बताइन्।
पप्पु कन्ट्रक्सनले देशका विभिन्न भागमा यसअघि निर्माण कार्यका लागि लिएको ठेक्कामा लापरवाही पूर्ण काम गरेको, समयमा काम सम्पन्न नगरेको, निर्माण कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग गर्ने गरेको आरोप विभिन्न समयमा लाग्दै आएको थियो।