- श्रीविलास दाहाल
नेपाल एकीकरण गरेपछि पृथ्वीनारायण शाहले असली हिन्दुस्तान (हिन्दूहरूको ठाउँ) यही रहेछ भनेका थिए। त्यो के सन्दर्भमा थियो भने भारत मुगल शासनमा पिसिएको थियो। त्यहाँका हिन्दू राजारजौटा आपसमा मारकाट गर्थे। कोही भागेर हिमालतिर आउँथे। सायद पृथ्वीनारायण शाहका पुर्खा पनि मिचाखान र किचाखान राजस्थानका राणा नाम बदलेर गोर्खा आइपुगेका थिए।
यो ‘हिन्दू’ शब्दलाई कहाँबाट, कसले, किन चलायो? त्यो कुरा थाहा छैन। सिन्धु नदीका किनारमा बस्नेहरूलाई शब्द अपभ्रंश गराएर अथवा शब्द अपभ्रंश भएर हिन्दू भनेको हो या भनियो। कसैले हुण्डस नदीलाई नै अपभ्रंश गरेर हिन्दू भनिएको पनि भने। भारतका हिन्दूत्ववादीहरूले अझ यसको व्यापक प्रचार गरे। सावरकरजस्ता क्रान्तिकारीले हिन्दूत्व यो शब्द नभई एउटा व्यापक धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक इतिहास हो भने। यो ‘हिन्दू’ शब्द हिन्दू र मुसलमान भनेर झगडा लगाउन उपयोग भयो।
नेपालको ‘मधेस’ भन्ने शब्द पनि माथि भनिएझैँ झगडै गर्नका लागि प्रचारमा ल्याएजस्तो छ। मधेसी र पहाडे, नत्र भने नेपालल त हिमाल, पहाड र तराई हो। नेपालको तराई भूभागमा राजा विराटको राज्य थियो। त्यहाँ अधिक माछा भएकाले ‘मत्स्य प्रदेश’ भनियो। पाण्डवहरूले गुप्तवास बस्दा अर्जुनले माछाको आँखा नै भेदन गरेका थिए। त्यसैको अपभ्रंश मधेस हो भन्ने पनि छन्।
नेपालमा राजतन्त्र रहँदा र हिन्दू राष्ट्र हुँदा पनि नेपालका विद्वान्ले ‘ओमकार परिवार’ भन्ने अवधारणा ल्याएका थिए, जुन धर्म अथवा सम्प्रदायले ओमकारलाई मान्छ, त्यो आर्य हो, वैदिक सनातन धर्म मान्ने हो। आर्यहरूको ओमकार ‘मूल मन्त्र’ हो र यसैका वरिपरि सबै एक हुनुपर्छ।
अनि मोदीले नेपालमा हिन्दू राष्ट्र ल्याइदिन्छन्, राजतन्त्र पुनःस्थापना हुन्छ भनेर दिवास्वप्न देख्नेलाई के भन्न सकिन्छ र ! भेटघाट नपाएर भूपू राजा ज्ञानेन्द्र शाह बैंककमा थन्किरहेका छन्। समाचारअनुसार भूपू राजा ज्ञानेन्द्रलाई सहयोगका लागि मोदीले शर्त पठाएका छन्। शर्त प्रकाशमा आएका छैनन्। कति छन्, के छन्? भन्न गाह्रो छ।
ओमकार अक्षरलाई मान्नेमा वैैदिक सनातन धर्मीका विभिन्न सम्प्रदायपछि ठूलो जमात ओमकारलाई मान्ने बौद्ध धर्मावलम्बीहरू नै हुन्। बौद्ध धर्ममा पनि शाखाहरू छन्, बज्रयान, महायान, हीनायान, थेरावाद र अहिले विपश्यना पनि देखिएको छ। त्यसपछि सिख धर्म यसले पनि ओमकार मान्दछ। त्यसपछि जैन धर्म सबैका आआफ्ना आराधना पद्धति छन्। गुरु परम्परा छ।
हिन्दकुश हिमालय पर्वत (हाल अफगान)देखि सगरमाथा शिखर वरपरका हिमशृङ्खलाका वरिपरि, मानसरोवरमा स्नान गरेर आर्यहरूले वेद विद्या र अनेक सिद्धि प्राप्त गरेपछि अनेक ऋषिले ओकार र वेदको व्याख्या गरे, जसलाई उपनिषद् भनियो। छात्रछात्रालाई व्याख्या गर्न अझ सजिलो होस् भनेर वेदव्यासले पुराणहरू लेखे, कृष्णले गीता गाए। नेपाल हिन्दूराष्ट्र होइन, अपितु आर्य राष्ट्र हो।
भारतका प्रधानमन्त्री नरेन्द्रभाई मोदी दोस्रो प्रधानमन्त्रीको कार्यकालमा प्रथम विदेश भ्रमण भनेर मालदिभ्स भ्रमणमा गए। त्यहाँको संसदलाई सम्बोधन गर्ने क्रममा आतंकवादको सहारा लिएर पाकिस्तानलाई नै गाली गरे। जतिसुकै र जताततैबाट ऋण लिनुहुन्न भनेर चैँ चीनको पनि आलोचना गरे। मालदिभ्समा चीनको लगानी छ। मोदीले सार्क सम्मेलन हुन दिइरहेको छैनन्। यस्तो पारा छ उनको।
अनि मोदीले नेपालमा हिन्दू राष्ट्र ल्याइदिन्छन्, राजतन्त्र पुनःस्थापना हुन्छ भनेर दिवास्वप्न देख्नेलाई के भन्न सकिन्छ र ! भेटघाट नपाएर भूपू राजा ज्ञानेन्द्र शाह बैंककमा थन्किरहेका छन्। समाचारअनुसार भूपू राजा ज्ञानेन्द्रलाई सहयोगका लागि मोदीले शर्त पठाएका छन्। शर्त प्रकाशमा आएका छैनन्। कति छन्, के छन्? भन्न गाह्रो छ। गिरिजाबाबुले संकेत गरेअनुसार ‘बेबी किङ’कै अवधारणा अघि सारिएजस्तो अनुमान लगाइँदैछन्, के होला? थाहा होला?
वर्तमान प्रधानमन्त्री मोदीले भारतको संविधानको शपथ लिएका छन्। राष्ट्रसंघको सदस्य छ भारत। असंलग्न परराष्ट्रनीतिको नेता। एक अर्ब तीस करोड आवादी, आणविक हतियारसम्पन्न। सरकसको खेलाडीजस्तो अलिकति सन्तुलन बिग्रिए समाप्त हुने स्थिति छ। तर, बानीबेहोरा भने पटक्क सुध्रिएका लक्षण छैनन्।
भारत स्वतन्त्र भएपछि कुन मोडलको शासन प्रणाली भारतले अवलम्बन गर्ने? भन्ने कुरामा बहस नभएका पनि होइनन्। अंग्रेजले भारतलाई पूर्ण रूपले आफ्नो कब्जामा लिँदा दिल्लीका वादशाह मुसलमान थिए, वादशाह बहादुर शाहजफर। त्यसो भएकाले मुस्लिम स्टेट हुनुपर्छ भन्ने जिन्नाको अडान हो।
होइन यो राष्ट्र हिन्दूहरूको हो। मुगल मात्र होइन, टर्की र अन्य अफगान, हुणहरू पनि आक्रमण गर्न भारतमा आएका थिएँ। यहाँको संस्कृति, परम्परा, सनातन वैदिक धर्मअनुसार चलिआएको छ। द्वारिका, काशी, अयोध्या र अन्य धेरैै मठमन्दिर भत्काएर मुसलमान आक्रामकहरूले मस्जिदहरू बनाए। मूलतः यो हिन्दू राष्ट्र हो भन्थे, सावरकर, तिलकहरू। त्यसो हुनाले यसको प्रशासनिक मोडल हिन्दू राष्ट्रअनुसार हुनुपर्छ भने तर त्यसले मान्यता पाएन।
बेलायत पढेर आएका बुद्धिजीवी महात्मा गान्धी र नेहरुहरू। होइन आफ्नो स्वतन्त्र राष्ट्रिय पहिचान भएको जनताले बनाएको संविधानअनुसार निर्देशित, स्वतन्त्र नागरिक, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता, धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ। आखिर यो आधुनिक राज्यप्रणालीको पक्षधरको लाइनचैँ सफल त भयो। तर, देश दुई टुक्रा गरेर एउटा हिन्दुस्तान र अर्को पाकिस्तान भयो। यो झगडाको बीउ आजसम्म सकिएन।
वर्तमान प्रधानमन्त्री मोदीले भारतको संविधानको शपथ लिएका छन्। राष्ट्रसंघको सदस्य छ भारत। असंलग्न परराष्ट्रनीतिको नेता। एक अर्ब तीस करोड आवादी, आणविक हतियारसम्पन्न। सरकसको खेलाडीजस्तो अलिकति सन्तुलन बिग्रिए समाप्त हुने स्थिति छ। तर, बानीबेहोरा भने पटक्क सुध्रिएका लक्षण छैनन्। छिमेकीलाई सहयोग गर्ने, प्राथमिकतामा राख्ने भन्ने घोषित नीति छन्। भारतको भित्री असल नीति भनेको छिमेकीलाई तर्साउने, अत्याउने र आफ्नो स्वार्थ सिद्ध गर्ने हो। त्यसका लागि परराष्ट्रमन्त्री, गृहमन्त्री रक्षामन्त्रीसहितका मोदी पर्फेक्ट छन्। त्यसै गर्नेछन्।
हिजोआज नेपालमा धर्म परिवर्तनका घटना केही बढेका छन्। ती नितान्त आर्थिक प्रलोभनका कारणले भएका हुन्, तैपनि नयाँ पुस्ताले त खास त्यसमा चासो पनि राखेको देखिँदैन। उनीहरूमा आर्थिक सम्पन्नता प्राप्त गरेर आफूखुशी र परिवारमा सुखशान्ति ल्याउने ध्याउन्न छ। उच्च वर्गका भनिएका ब्राह्मण क्षत्री, शाह, ठकुरी सबै मुस्लिम राष्ट्रमा रोजगारमा गएका छन्।
संविधानको शपथ खाएका प्रधानमन्त्रीले संविधानअनुसार चल्ने कि? कुन मुलुकको कुन कमजोरी र कुन कुरालाई लिएर त्यसलाई निचोर्ने? दश वर्ष लाएर दुई-दुईपटक संविधान सभाको चुनाव गराएर संवैधानिक बाटोबाट अघि बढिरहेको नेपाललाई फेरि पछि धकेल्ने? नेपालको संविधान महिला, दलित, अल्पसंख्यक र समानताका हिसाबले भारतको संविधानभन्दा राम्रो छ भन्ने भारतकै संविधानविद् र विद्वानबाट सुनिएको छ।
हिजोआज नेपालमा धर्म परिवर्तनका घटना केही बढेका छन्। ती नितान्त आर्थिक प्रलोभनका कारणले भएका हुन्, तैपनि नयाँ पुस्ताले त खास त्यसमा चासो पनि राखेको देखिँदैन। उनीहरूमा आर्थिक सम्पन्नता प्राप्त गरेर आफूखुशी र परिवारमा सुखशान्ति ल्याउने ध्याउन्न छ। उच्च वर्गका भनिएका ब्राह्मण क्षत्री, शाह, ठकुरी सबै मुस्लिम राष्ट्रमा रोजगारमा गएका छन्।
अलिक सूक्ष्म दृष्टिले विश्लेषण गर्दा नेपालको सामाजिक, आर्थिक र राजनीतिक स्थिति, राजतन्त्र र हिन्दूराष्ट्र भएको बेलाभन्दा गतिशील भएको छ। नेपाली कांग्रेसका स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईले २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र, सापेक्ष धार्मिक स्वतन्त्रताको बाटोमा हिँडोस् भन्ने राम्रो चाहना सहअस्तित्वको राख्नुभएको हो। राजनीतिको त्यो लक्ष्मण रेखा अनेक प्रकारले उल्लंघन गर्ने काम राजतन्त्रबाटै भएको हो। असल राजतन्त्र त सकियो।
नेपालमा मोदीले हिन्दूराष्ट्र र राजतन्त्र ल्याइदिन्छन् भन्ने ‘मनको लड्डु घ्यूसँग’ खान कसैले रोक्न सक्दैन। पाकिस्तानलाई मोदी धारेहात लाउँछन् तर त्यहाँको न्यायालयजत्तिको न्याय व्यवस्था भारतमा छैन। त्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीसम्म दण्डित हुन्छन्। यो ब्रिटेनले रोपेर गएको विषवृक्षले दुवैलाई र छिमेकीलाई पनि राम्रो गर्दैन। बंगलादेश जन्मेर पनि समस्या समाधान भएन। कश्मीर कार्डले कता पुर्याउँछ, भन्न सकिन्न। मोदीलाई साथ दिऊँ, सहयोग गरौँ तर आशा र भरोशाचैँ नगरौँ। उनी बनाउनभन्दा बिगार्न बढी जान्दछन्।