काठमाडौँ – शुक्रबार संघीय संसदको प्रतिनिधिसभा वैठक शोक प्रस्ताव पारित गरी स्थागित भएको छ। पूर्व शिक्षा मन्त्री तथा संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।
बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो। ०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी)को तर्फबाट समानुपातिक सदस्य रुपमा निर्वाचित पूर्व शिक्षा मन्त्री हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा, पौडेल सादा जीवनमा विश्वा राख्थे।
५३ वर्षिय पौडेलको निधन चितवनको माडीमा आफ्नै निवासमा चएको थियो। उनको श्रद्धाञ्जलीका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा‘बादल’ लगायत कम्युनिष्ट नेताहरु चितवन पुगेका छन्।
