बुटवल – प्रदेश ५ को नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समितिको म्याद छ महिना थप भएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकले म्याद थपका लागि समितिले गरेको अनुरोधलाई स्वीकृति प्रदान गरेको हो।
प्रदेशको नामकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनका लागि बनाइएको विशेष समितिले प्रतिवेदन बुझाउने म्याद गत जेठ २६ गते सकिएको थियो। प्रदेशसभा बैठकले बिहीबारबाटै लागू हुनेगरी समितिको म्याद थप गरेको हो।
यसअघि दुइपटकसम्म तीन महिनाका दरले थपिएको म्याद यस पटक भने ६ महिना थपिएको छ। विज्ञहरुको राय लिएर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिनु उपयुक्त हुने कारण देखाउँदै समितिले म्याद थपको अनुरोध गरेको थियो।