काठमाडौँ – नेपाली कांग्रेसले लोकसेवा विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताएको छ।
जागरण अभियानको प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘लोकसेवा आयोगले स्थानीय कर्मचारी आवेदनसम्बन्धी विज्ञापन रद्द गर्नुपर्छ तर करारमा कर्मचाारी भर्ना गर्नु हुँदैन।’
उनले विज्ञापनमा संविधानले अङ्गीकार गरेको समावेशिता सिद्धान्त समावेश गर्नुपर्ने र करारमा कर्मचारी भर्ना गर्न नहुने धारणा व्यक्त गरे।
संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न निर्देशन दिँदै करारमा कर्मचारी भर्ना गर्न भनेको छ।
प्रवक्ता शर्माले गुठीसम्बन्धी विधेयक सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको बताउँदै सो विधेयकले परम्परा, धर्म, संस्कृतिमाथि अतिक्रमण गर्नै भन्दै फिर्ता लिन सरकारसँग माग गरे।