काठमाडौँ – पुनर्निमाणका लागि भारतले नेपाल सरकारलाई १ अर्ब ६० करोड रुपैयाँ प्रदान गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले सोमबार अर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरे।
भारत सरकारले प्रदान गरेको रकम नुवाकोट र गोरखाका ५० हजार लाभग्राहीका आवास पुनर्निमाणमा खर्च हुनेछ। भारतले भूकम्पपछि नेपालको पुनर्निमाणमा १ खर्ब रुपैयाँ दिने घोषणा गरेको थियो। त्योमध्ये हालसम्म्म ४ अर्ब ५० करोड रुपैयाँ प्रदान गरिसकेको बताइएको छ।
चेक हस्तान्तरण कार्यक्रममा भूकम्पपछिको पुनर्निमाणमा भारत सरकारले प्रदान गरेको सहयोगको अर्थसचिब खनालले सराहना गरे। राजदूत पुरीले भारत नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्याए।