काठमाडौँ — नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले प्रहरी नियन्त्रणमा रहेका तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’ लाई रिहाइ गर्न माग गरेको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका छन्।
जेठ २२ गते धादिङ रोलाङ गाउँपालिकामा गाउँलेबीच विवाद भएको घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको उनले बताए।
फरक राजनीतिक विचार भएकै आधारमा सरकारले भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ। घटनामा संलग्न नरहेका भण्डारीलाई पक्रने धादिङ प्रहरीलाई पनि तरुण दलले कारबाहीको माग गरेको छ। भण्डारीलाई रिहाइ नगरे देशब्यापी आन्दोलन गर्ने तरुण दलले चेतावनी दिएको छ।