बुटवल - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल प्रदेश ५ ले संसद विकास कोषको व्यवस्था नगर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदलाई रकम बाड्न उचित नभएको निचोड निकालेको हो।
संसद विकास कोषका नाममा आगामी बजेटमा बिनियोजन नगर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।
उनले संसदीय दलको बैठकले केन्द्र सरकारका सांसदलाई रकम दिने कुरा संघीयताको मर्म र भावना विपरीत भएको बताउँदै सच्चाउन आग्रह गरेको बताए।
प्रदेशका सांसदले समेत केन्द्रमा जस्तै प्रदेश सांसदका लागि करोडौँ रुपैयाँ बाड्नु पर्ने माग राख्दै आएको अवस्थामा नेकपा संसदीय दलको यस्तो निर्णय गरेको हो।