एजेन्सी, ३० पुस – विश्व फुटबलमा दर्जनाैँ कीर्तिमान बनाएका अर्जेन्टाइन स्टार फरवार्ड लियोनल मेसीले आइतबार राति एक अर्को कीर्तिमान थपेका छन्।
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीले आइतबार भएको ला लिगा अन्तर्गत भएको आइबरविरुद्धको खेलमा सर्वाधिक ४ सय गोलको कीर्तिमान बनाएका हुन्। मेसीको कीर्तिमानी गाेलसँगै बार्सिलोनाले आइबरलाई ३–० गोलले पराजित गरेको छ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नउमा भएको खेलमा मेसी एक र लुइस स्वारेजले दुई गोल गरे। खेलको १९औँ मिनेटमा स्वारेजले पहिलो गोल गर्दै लिगलिडर बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्दै सहज जित सुनिश्चित गरेको हो।
खेलको ५३औं मिनेटमा स्वारेजको पासलाइ कीर्तिमानी गोलमा परिणत गरेका मेसीले टोलीको अग्रता दोब्बर बनाएका थिए। पछिल्लो १४ वर्षदेखि बार्सिलोनामा खेलिरहेका मेसीले क्लबका लागि सन् २००५ मा पहिलो गोल गरेका थिए।
त्यसको ६ मिनेटपछि स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाका लागि ३ अंक सुरक्षित गरे। जितसँगै लिग लिडर बार्सिलोनाले १९ खेलबाट ४३ अंक जोडेको छ। २२ अंक बनाएको इबर १६ औँ स्थानमा छ। बार्सिलोना दोस्रो स्थानमा रहको एट्लेटिकोभन्दा पाँच अंकले अगाडि छ।
https://twitter.com/FCBarcelona/status/1084612324063879168