सुर्खेत, २९ पुस –नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकार संघीयता खारेज गर्नेतर्फ लागेको आरोप लगाएका छन्।
निधिले संघीयताको भावना अनुसार तल्लो तहमा अधिकार हस्तान्तरण नगरी केन्द्रीकृत गरेर सरकारले संघीयताविरुद्ध काम गरेको आरोप लगाए। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन्।
नेता निधिले आन्तरिक रुपमा संगठन सुदृढीकरण गरी सरकारका गलत कामलाई तल्लो तहसम्म लैजान कार्यकर्तालाई निर्देशनसमेत दिए। ‘दुुईजना पाइलटले हाँकेको जेट भनेर चर्चा गरिएको वर्तमान सरकार अब गतिहीन भैसक्यो, दुर्घटना हुनमात्र बाँकी छ,’ उनले भने, ‘नेकपाका अध्यक्षद्वय केपी ओली र पुुष्पकमल दाहाल जेटको नभई सामान्य बसको ड्राइभर जतिको पनि देखिएनन्।’