काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराग अधिकारीले संसदमा बस्ने कुर्सी सुरक्षित नभएको भन्दै सुरक्षाको माग गरेका छन्। आइतबार बसेको संसद बैठकमा बोल्दै सांसद अधिकारीले भाँचिएको कुर्सी देखाउदै सभामुख समक्ष ‘ज्यान जोगाइदिन’ ध्यानकर्षण गरेको हो।
संसद् बैठकको शिलशिलामा आफू चार पटक लडिसकेको भन्दै कुर्सी फेर्नुपर्ने बताए। ‘अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ। तर कति पटक भन्नु पर्ने हो ? संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्ची नराखियोस् , यो त धराप भयो,’ उनले भाँचिएको कुर्सीको टुक्रा देखाउने भने। पटक–पटक भन्दा पनि कुर्सी नफेरिएको भन्दै अझै कति पटक भन्नुपर्ने हो भन्दै ज्यान जोगाउ भन्न पर्ने आवस्था आएको बताए। बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त विषयमा गम्भीर रुपले ध्यानाकर्षण भएको बताएका थिए।