काठमाडौँ – राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले लोकसेवा आयोगले संविधानकाे मर्मलाई नमानेको आराेप लगाएका छन्। आइतबार संघीय संसदको प्रतिनिधिसभाको बैठकमा बोल्दै सासंद कर्णले लोकसेवा आयोगले संविधानले दिएको समाबेशीलाई थाती राखी मधेसी, जनजाती लगायत पछाडि परेको जनजातीकालाई उपेक्षा गरेको उनकाे आरोप छ।
संविधानको उल्लघन आयोगले गर्ने, संविधानलाई सरकारले नमान्ने, न्यायलयले नमान्ने तर जनताले जबरजस्ती मान्नुपर्ने ? भन्दै प्रश्न गरेका थिए। उनले लोकसेवा आयोग प्रदेशमा पनि व्यवस्था हुँदा प्रदेशले नै नियुक्त गर्नुपर्ने भएपनि केन्द्रले हस्ताक्षेप गरेको भन्दै यसलाई सच्याउन माग गरेको थिए।
लोकसेवा आयोगले ९ हजारभन्दा बढी कर्मचारी माग गरे पनि जनजाति, मधेसी, दलितलाई संविधानले दिएको अधिकारलाई नै बन्देज गर्नेगरी विज्ञापन खोल्नु संविधानको उल्लघन भएको सांसद कर्णकाे भनाई थियाे।