काठमाडौँ – सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७६/७७ को बजेटमाथि संसदमा आजबाट छलफल सुरु हुदैँछ। संघीय संसद्को आज बस्ने प्रतिनिधिसभाको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची छ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आजको बैठकमा बजेटमाथि टिप्पणी गर्न आफ्ना सांसदहरुलाई रुलिङ गरेको छ। बर्तमान सरकारले ल्याएको बजेट हावादारीको संज्ञा दिदै काँग्रेसले चर्को विरोध गरिरहेको छ। उसले संसदीय दलको बैठक पनि बजेट जनताको अपेक्षा बमोजिम नल्याएको भन्दै कडा टिप्पणी समेत गरेका छन्।
अर्थमन्त्री युवराज खतिवडाले १५ गते संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका थिए। कुल विनियोजित बजेटमध्ये वित्तीयतर्फ १ खर्ब ६७ अर्ब ८८ करोड (११ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड (२६.६ प्रतिशत) र चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड (६२.४ प्रतिशत) बजेट छुट्याइएको छ। आजको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षा सांसदले बजेटको चर्को टिप्पण गर्न सक्ने अनुमान गरिएको छ। प्रतिनिधिसभाकाे बैठक अहिले ११ बजे बस्दैछ।