काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली काँग्रेसभित्रका विभिन्न गुटले पार्टी संगठन कमजोर बन्दै गएको छ। यस्तै संसद्मा काँग्रेसले निर्वाह गर्नुपर्ने प्रतिपक्षको भूमिका सशक्त नहुँदा प्रश्न उठ्न थालेको छ। काँग्रेसले देशव्यापी गरिरहेको पार्टी जागरण अभियानमा गुटगत प्रभाव प्रष्ट देखिएको छ। अभियानका क्रममा पार्टी सभापतिले देशभर खटाएको केन्द्रिय प्रतिनिधिदेखि कार्यक्रम घोषणामा सल्लाह नगरेको भन्दै वरिष्ठ नेता पौडेलले असन्तुष्टि ब्यक्त गर्दै आएका छन्।
कार्य सम्पादन समिति गठन विवादले केन्द्रिय समितिकाो बैठक बस्न सकेको छैन। त्यसअघि अनुशासन समिति गठनमा पनि महिनौँ विवाद भएको थियो। जेठ ४ र ५ को केन्द्रिय समितिको बैठले अनुशासन समिति गठन गरेको थियो ।
काँग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईरा र अर्का नेता कृष्ण सिटौलाले आ–आफ्नै गुट रहेको पाइन्छ। यो समाचार अन्नपूर्ण पोष्टमा छापेको छ।