काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बजेटमाथि अधुरा सपनाको भारी बोकाइएको आरोप लगाएका छन्। सरकारद्वारा प्रस्तुतआर्थिक वर्ष २०७६–०७७ को बजेटमाथि प्रतिक्रिया दिनको लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘सरकारको पहिलो बजेटले छोडेको अलमल, अलपत्र योजना र अधुरा सपनाहरूको भारी दोस्रो बजेटमाथि बोकाइएको छु उनले भने, परिणाम पनि कपीपेस्ट तरिकाले आउँदैन भन्न सकिने भन्ने अवस्था रहेन।’
सरकार दुई तिहाइको हुनु र नहुनुमा कुनै अर्थ नरहेको समेत प्रवक्ता शर्माले टिप्पणी गरे। सानो बजेट ल्याउने र त्यसलाई पनि खर्च गर्न नसक्ने अवस्थालाई मुक्त गर्ने क्षमता सरकारले प्रस्तुत गर्न सकेन उनले भने, यसबाट सरकार दुई तिहाइको हुनु र नहुनुमा कुनै अर्थ रहेन।
त्यस्तै कांग्रेस नेता डा.मिनेन्द्र रिजालले सांसदले पाउने ६ करोड रुपैयाँको बारेमा केही दिनभित्र पार्टीले आधिकारिक धारण सार्वजनिक गर्ने बताएका छन्। हरेक निर्वाचन क्षेत्रमा सरकार ६ करोड पैसा बाड्ने निर्णयको विरुद्धमा उभिएको कांग्रेसका प्राय नेताहरूले बजेट आउनु पूर्व नै यसका बारेमा खुलेर विरोधमा उत्रिएका थिए।