काठमाडौँ – नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि एक टेलिभिजनमा पार्टी एकता हुँदाको सहमति कार्यन्वयन हुनुपर्ने धारणा राखेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब सिर्जना भएको छ। पार्टी एकता हुँदा दाहाल र ओलीले आलोपालो सरकार र पार्टी नेतृत्व सम्हाल्ने सहमति भएको तर अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै एकै जना भएको गुनासो दाहालले गरेको थिए।
प्रधानमन्त्री ओली दिल्लीमा भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा गएका बखत नयाँ दिल्लीमा संचारकर्मीसंग प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई ‘सरकार ४–५ दिनमै ढल्छ’ भन्ने व्यंग्यात्कम जवाफ दिएका छन्। पार्टी अध्यक्ष र सरकारको नेतृत्व गर्दा पार्टी र सरकार दुबै राम्रोसंग चल्न नसक्ने भन्दै ओलीलाई कि अध्यक्ष कि प्रधानमन्त्रीको पद छोड्न दाहालले दबाब दिएका थिए। यो समाचार अन्नपूर्णपोष्टमा छापेको छ।