प्यूठान - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामेदव गौतमले पार्टी एकिकरण हुँदा गरिएको सहमति कार्यान्वयन नभए पार्टी संकटमा पर्ने बताएका छन्।
प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गौतमले सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने बताएका हुन्। सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गर्नु नहुने बताउँदै उनले भने, ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन।’
नेता गौतमले बजेट मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको पनि बताए।