काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शुक्रबार) भेटवार्ता हुँदैछ। नयाँ दिल्लीमा नेपाली समय अनुसार बिहान पौने १२ बजे भेटवार्ताका लागि समय तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दुई प्रधानमन्त्रीबीच हुने भेटमा द्विपक्षीय हितबारे महत्वपूर्ण छलफल हुने बताइएको छ। भेटवार्ताका लागि २० मिनेटको समय तय गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको लागि शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेका थिए। शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए। समकक्षी मोदीसंगको भेटवार्तापछि प्रधानमन्त्रीओली शुक्रबार नै स्वदेश फर्कनेछ।