काठमाडाैँ –नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसंगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ। उतिबेला लिखित सहमति सार्वजनिक नभए पनि पार्टी र सरकार संचालनमा अहिले ओली हावी हुँदै गएपछि असन्तुष्टिस्वरुप सहमतिपत्र बाहि आएको हो।
त्यसो त अध्यक्ष दाहालले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए। तर अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ। जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता फेरबदलको कुरा उठेको हो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले पूर्वसहमतिअनुसार अर्का अध्यक्ष केी ओलीले सरकरको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आश्वस्त रहेको बताएका छन्।
सरकार सञ्चालन एक अध्यक्षले र पार्टी सञ्चालन अर्को अध्यक्षले गर्नेगरी प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाई छ। ‘एउटा अध्यक्षले पार्टीलाई मुख्य रुपमा हेर्ने रअर्का अध्यक्षले सरकार मुख्य रुपमा हेर्ने भयो भने सहज हुन्छ,’ उनले भने, ‘आलोपालो भनिए पनि मलाई प्रधानमन्त्री हुने हतारो छै।’ दाहालले एक टेलिभिजन कार्यक्रममार्फत सो धारण सार्वजनिक गरेका हुन्। पार्टीमा दुई अध्यक्ष र प्रतिनिधिसभाको निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व पनि आधा–आधा समय गर्ने सहमति उनीहरुले गरेका थिए।