काठमाडौँ–देशैभरी १२औँ गणतन्त्र दिवस भव्य रुपमा मनाइरहँदा गणतन्त्र स्थापनाका लागि लडेका पूर्व माओवादीका घाइते लडाकू भने उपचार नै नपाएर शरीरभरि गोली र छर्रा बोकेर बसेका छन्।
‘छोराछोरी सबै लाखापाखा लागे। घरमा दुईजना बुढाबूढीमात्र छौँ। मेरो दुईवटा खुट्टा सुनिएका छन्। आठ महिनादेखि खुट्टा सुन्निएर मुरुमुट्ट भएका छन्। श्रीमती बुद्धरानी लिम्बुनी समेत ऊ त्यो कुनामा सुतिरहेकी छन्। मेरो यस्तो हालत भएपछि उनीलाई समेत डिप्रेसन भयो। एक वर्षदेखि डिप्रेसनको औषधि नियमित खाँदै थिइन्। एक हप्ता भयो औषधि छुटेको।
पैसा नभएपछि रोगले च्यापेर खानासमेत पकाउन छोडिन्। अहिले म आफैँ ह्विलचियरमा बसेर नै खाना पकाउँदै छु। कुनामा सुतिरहेकी श्रीमतीलाई देखाउँदै पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीमा स्थायी घर भई हाल इलामको चुलाचुली गापा–१ मा बस्दै आएका वर्ष ४५ का पूर्वमाओवादी लडाकू अमरकुमार चेम्जोङ भन्छन्, मेरो हालत यस्तै छ।’ यो समाचार गोरखापत्र दैनिकले छापेकाे छ।