काठमाडौँ – सरकारले अतिक्रमित जग्गालाई आगामी वर्षभित्रै सरकारी बनाउने भएको छ।
बुधबार संसदमा आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अतिक्रमित जग्गा आगामी वर्ष सरकारी बनाउने घोषणा गरेका हुन्।
अर्थमन्त्री खतिवडाले बुधबार अपराह्न ४ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को अनुमानित आय–व्ययको विवरण पेस गरिरहेका छन्।