काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय–व्ययको विवरण पेस गरिरहेका छन्।
बुधबार अपराह्न ४ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्ययको विवरण पेस गरिरहेका छन्।
बजेटमा बृद्धभत्ता एक हजार रुपैयाँ बढाइएको छ। यसअघि बृद्धभत्ता मासिक दुई हजार रुपैयाँ दिइँदै आएको थियो। अव बृद्धबृद्धाले मासिक तीन हजार रुपैयाँ पाउनेछन्। यसबाट १३ लाख जेष्ठ नागरिक लाभान्वित हुनेछन्। अर्थमन्त्री खतिवडाले लोपोन्मुख जाति, अपांग र एकल महिलाले पाउने भत्तामा पनि एक हजार रूपैयाँ वृद्धि गरिएको जानकारी गराएका छन्।