काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’ माओवादीले गत आइतबार एक विज्ञप्तिमार्फत विभिन्न समाचार माध्ययममा प्रकाशित माचारहरू खण्डर गरेको थियो। ‘अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप’ जस्ता शिर्षकमा प्रकाशित भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण मात्रै नभएर घोर आपत्ति रहेको भनिएको छ।
‘उक्त समाचार पूर्णरुपले कपोलकल्पित, भ्रामक र हाम्रो पार्टी र हामीले सञ्चालन गरेको जनताको संघर्षद्वारा अत्तालिएको यो फासीवादी सत्ताको षड्यन्त्र बाहेक अरु केही नरहेको स्पष्ट पार्न चाहान्छौं। पहिलो कुरा त उक्त समाचारमा भनिएको जस्तो जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपाली काँग्रेसका वीरबहादुर शाही नभएर तत्कालिन एमालेका रामबहादुर नेपाली छन्।’
उनका ८ वर्षीय नावालक छोरा छन् । दोस्रो र मुख्य कुरा हाम्रो पार्टीको सुरक्षा निकाय वा व्यक्तिलाई अपहरण गर्ने कुनै नीति र योजना नै छैन।’ विज्ञप्तिमा भनिएको छ।
यसरी सरासर झुठ र कपोलकल्पित समाचार एउटा राष्ट्रिय स्तरमा स्थापित सञ्चार माध्यममा आउनु आफैमा दुखतः, दुरासयपूर्ण रहनुका साथै हाम्रो पार्टी र सुरक्षा निकायका बीचमा भ्रम सिर्जना गरी दमन गर्न उक्साउने नियतले प्रायोजन गरिएको बुझ्न सकिन्छ। यस्ता गतल, तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्न/नछाप्नसमेत विप्लवले विज्ञप्तिमार्फत सम्बन्धित सबैमा हार्दिक अपील गरेका छन्।