काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आतंकारीको संज्ञा दिएका छन्। राजधानीमा चार जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न विप्लव समुहलाई प्रधानमन्त्री ओलीले आतंकककारी भनेका हुन्।
राष्ट्रिय मानवअधिकार आयोगको १९ औँ बार्षिकोत्स समारोहमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘चुनवादेखि डराउने, बम पड्काएर जनता तर्साउने, चन्दा र लुट मच्चाउनेको न माग छ न त राजनीतिक एजेण्डा। देशमा अशान्त वातावरण सिर्जना गरी बाह्य लगानी आउन नदिने र छुट्याएको बजेटसमेत खर्च हुन नदिने विप्लव समूह आतंकारी हो।
सरकारले औपचारिक रुपमा पहिलोपटक चन्दको पार्टीलाई आर्तकारी समूहको संज्ञा दिएको हो । सरकारले यसअघि उसको गतिविधिलाई प्रतिबन्ध गरे पनि औपचारिक रुपमा आतंककारी भनेको थिएन। यो समाचार अन्नपूर्णले छापेको छ।