काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले संसदमा सार्वजनिक महत्वको विषयअन्तर्गत आइतबार भएको श्रृखंलाबद्ध बम काण्डमा मारिएकाहरु सर्वसाधरण (नागरिक) नभएको भन्दै सदनलाई जानकारी गरेलगत्तै प्रतिपक्षले कडा प्रतिवाद गरेका छन्।
गृहमन्त्रीले घटनामा परेर मरेकाहरुलाई नेपाली नभन्नु र अनागरिक बनाएको भन्दै प्रतिपक्ष दलका सांसदले आपत्ति जनाएको हो। गृहमन्त्रीलाई जनतालाई अनागरिक बनाउने अधिकार नभएको भन्दै तत्काल आफ्नो धारणा सच्याउन माग गरेका थिए। गृहमन्त्रीले शान्ति सुरक्षाको व्यवस्था गर्न नसकेकोप्रति सांसदहरुले आक्रोश पोखेका थिए। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने र वार्ताको प्रयास पनि भइरहेको दोधारे कुराले हिजोको घटनामा सरकारको पनि संलग्न हुनसक्ने भन्दै प्रतिपक्षले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको थिए।
जवाफमा गृहमन्त्री थापाले प्रतिबन्धित वा अपराधसँग जोडिएको एवं कानूनको उल्लंघन गर्नेलाई सरकारले सामान्य नागरिक नमानेर अपराधी र अपराधिक समूह भन्ने गरेकाले उनीहरु अपराधिक भएको जवाफ दिए । उनीहरु अपराधिक समुह भन्न पर्नेमा अनागरिक भएकोमा आफूले सच्याएको बताए। केही शब्दहरुले फरक पारेको भन्दै आफूले अपराधिक हुनुपर्नेमा अनागरिक भएको जवाफ दिएको थियो ।