धरान– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव पूर्वमा पनि परेको छ। पूर्वको धरानमा पनि यसको प्रभाव परेको छ। बन्दका कारण शैक्षिक संस्था बन्द भएका छन् भने लामो तथा छोटो दुरीको सवारी साधन चल्न नसक्दा यात्रुहरु मारमा परेका छन्।
यस्तै सुनसरीको चारकोसी झाडीमा शंकास्पद वस्तु फेला परेको छ। साे वस्तु बम भएको आशंका गरिएको छ। उक्त ठाँउमा प्रहरी पुगिसकेको र नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ गइसकेको प्रहरीले जनाएकाे छ।
यस्तै मोरङको सुन्दरहरैंचा– ७ ठडियामा सडक छेउमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट गएको सेनाको टोलीले बम डिस्पोज गरेको मोरङ प्रहरीले जनाएको छ। पूर्वपश्चिम राजमार्गको ठडिया, पाथीभरा टोलमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। बन्दले पूर्वका जनजीवन प्रभावित पारेकाे छ।
याे पनि पढ्नुस्:
प्रचण्डको घर जाने बाटोमा बम (तस्विरसहित)
बर्दिबास नगरपालिकाको मुलगेटैमा कुकर बम