मकवानपुर– सोमबार विहान विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरको हेटौंडा–१ चौकीटोलमा र थाहा नगरपालिका– १ खानीगाउँमा दुई ट्रकमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले ट्रकमा आगजनी गरेको हो।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको प्रहरी चौकी नजिकै रहेको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरीले जनाएको छ। आफ्नो कार्यकर्ताको प्रहरीले हत्या गरेको भन्दै सोमबार बन्दको घोषणा गरेका छन्।