बुटवल - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले आफूले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम अरु जो कसैलाई पनि गर्न नदिने बताएका छन्।
जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा संक्षिप्त सम्धबोन गर्दै महासचिव पौडेलले आफ ईमान, जमान र बिश्वास बेच्ने मान्छे नरहेको बताएका हुन्।
महासचिव पौडेलले विभिन्न ढंगले आएका हल्लाको पछाडि नलाग्न कार्यकर्ता तथा सम्पूर्ण रुपन्देहीवासीलाई आग्रह गरे।