काठमाडौँ – नेपालको सिमानामा रहेको सिक्किममा २५ वर्षसम्म शासन गरेको पवन चाम्लिङको पार्टीले हार ब्यहोरेको छ। पवन चाम्लिङ अध्यक्ष रहेको सिक्किम डेमोक्रेटिक फ्रन्टले यस पटकको विधानसभा चुनावमा हार ब्यहोरेको हो।
चाम्लिङको पार्टीलाई पहिलाका उनकै सहकर्मी रहेका पीएस गोलेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट ल्याएर उछिनेको छ। चाम्लिङको पार्टीले भने १५ सिटमा विजयी प्राप्त गरेको छ।
[caption id="attachment_48891" align="alignnone" width="1000"]
पीएस गाेले[/caption]
सिक्किमको कूल ३२ सिटमध्ये मोर्चाले १७ र डेमोक्रेटिक फ्रन्टले १५ सिटमा विजयी प्राप्त गरेको हुन। सिक्किममा सरकार गठन गर्न १७ सिट प¥याप्त हुन्छ। विधानसभाका साथै केन्द्रीय संसदका लागि उम्मेदवार छान्ने लोकसभा चुनावका लागि पनि सिक्किम क्रान्तिकारी मोर्जाले नै जित हाँसिल गरेको छ। यो सँगै १९९६ पछि सिक्किमको शासन सत्ता कुम्ल्याएका चाम्लिङलाई गोलेले पाखा लगाइदिएका छन्। अब उनको पार्टीले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने छ।
तत्कालीन सिक्किमका मुख्यमन्त्री रहेका नरबहादुर भण्डारीको नेतृत्वमा रहेको सिक्किम संग्राम परिषद् पार्टीमा रहेका चाम्लिङ भण्डारीसँग असन्तुष्ट भएर नयाँ पार्टी निर्माणमा होमिए। नभन्दै उनले सन् १९९३ मार्चमा नयाँ पार्टी खोले र सन् १९९६ सालको चुनावमा विजयी भए। त्यसपछि उनले लगातार अहिलेसम्म सिक्किमको सत्ता सम्हाले। उनी नरबहादुर भण्डारीको मन्त्रीमण्डलबाट मन्त्री पनि भइसकेका थिए।
चाम्लिङले भारतको इतिहासमै सबैभन्दा बढी समय मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले। उनलाई अहिले तत्कालीन उनकै सहकर्मी रहेका प्रेमसिंह तामाङ(पीएस गोले)ले पाखा लगाएका छन।
गोले र चाम्लिङको मनमुटाव
राजनीतिमा सहयात्री बनेर हिँडिरहेका गोले र चाम्लिङ ‘भ्रष्टाचारको मुद्दा’पछि एक अर्काका प्रतिद्व्न्द्वी भएका हुन। चाम्लिङले गोलेलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही गरेपछि गोलेले सन् २०१३ मा नयाँ पार्टी खेले, ‘क्रान्तिकारी मोर्चा’। त्यसपछि सन् २०१४ मा चुनाव भयो। जसमा मोर्चा १० स्थानमा विजयी भयो।

गोलेले सन् १९९४ देखि राजनीति सुरु गरेका थिए। सिक्किमको राजनीतिकमा पुरानो पार्टीबाट फुट्ने र नयाँ पार्टी जन्मेर सत्ता पल्टाउने खेल चलिरहेको छ। नागरिकले कुनै पनि राजनीतिक पार्टीलाई लामो समय नटिकाएको देखिन्छ।
पवन चाम्लिङले फेसबुकमा स्ट्याटस लेख्दै हार पनि स्वीकार गरिसकेका छन्। उनले पार्टी र सरकार बदल्ने नागरिकको चाहनालाई आफूले स्वागत गरेको र सिक्किमको विकासका लागि आफ्नो पार्टीले प्रमुख प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्।
पवन चाम्लिङले सिक्किममा दुई ठाउँबाट चुनाव लडेका थिए। चाम्लिङ दुवै ठाउँमा विजयी भएका छन्। चाम्लिङको पार्टीले सन् २००४ को चुनावमा ३१ सिटमा विजयी हाँसिल गरेको थियो। त्यस्तै सन् २००९ सालको चुनावमा ३२ सिट नै जितेको थियो। सन् २०१४ मा पवन चाम्लिङको पार्टीले २२ सिट जितेको थियो।
चाम्लिङको सुधारवादी काम
पवन चाम्लिङले पिछडिएको सिक्किम क्षेत्रलाई उच्च आर्थिक वृद्धि भएको क्षेत्रमा रुपान्तरण गरे। उनले कृषि क्षेत्रमा प्रयोगमा आउने सबै रसायन र रासायनिक मलहरुमा प्रतिबनध लगाए र आर्गनिक उत्पादनको क्षेत्र बनाए।
उनी किसानका छोराकै रुपमा राजनीति गर्थे। उनी प्रत्येक नागरिकसँग ‘हार्ट टू हार्ट’ सम्बन्धमा बस्न भ्याए। उनले विशेषगरी कृषकको जीवनस्तर सुधार गर्ने क्रान्ति नै गरे। उनले गरिब किसानहरुलाई सधैँ सहयोग गरे। आर्थिक वृद्धि, गरिबीमा ह्रास, जनसंख्या नियन्त्रणलगायतका थुप्रै सुधारवादी कामको श्रेय उनलाई नै जान्छ।
राजनीतिक उदय
सन् १९७५ मा सिक्किम छुट्टै राज्यको रुपमा उदयभएसँगै अहिलेसम्म नौ वटा चुनाव भएका छन्।
सन् १९७५ मा पहिलो चुनाव भयो । त्यो चुनावमा काजी लेण्डुप दोर्जे सिक्किमको पहिलो मुख्यमनत्री बने। ३२ सिटमध्ये ३१ सिटमा उनको पार्टी विजयी भयो भने एक सिटमा सिक्किम नेशनल पार्टी विजयी भयो।
सन् १९७९ मा दोस्रो चुनाव भयो। सिक्किम जनता परिषद् पार्टीले पूर्ण रुपमा जित निकाल्यो र नरबहादुर भण्डारी मुख्यमन्त्री बने। तर मे १९८४ मा तत्कालीन गभर्नर आईएच तल्यार्खानले उनले नेतृत्व गरेको सरकारलाई अपदस्त गरिदिए र भिमबहादुर गुरुङलाई मुख्यमन्त्री बनाइयो। गुरुङले १३ दिन सरकार चलाए। फेरि राष्ट्रपतिको शासन लादियो।
सन् १९८५ को तेस्रो चुनावमा सिक्किम संग्राम परिषद्ले ३० सिटमा विजयी हाँसिल गर्यो भने कांग्रेसले एक सिट जित्न सफल भयो। त्यस्तै एक सिट स्वतन्त्र उम्मेदवारले जित्न सफल भए।
सन् १९८९ मा चौथो चुनाव भयो । त्यतिबेल नरबहादुर भण्डारी अध्यक्ष रहेको पार्टी सिक्किम संग्राम परिषद्ले ३२ वटै सिट जित्न सफल भयो। तर दुर्भाग्य उनको पार्टीमा विभाजन भयो र सरकार चलाउन सकेन। पछि सन्चमान लिम्बू मुख्यमन्त्री बने।
सन् १९९४ देखि सन् १९१४ (पाँचौ देखि नवौं चुनाव) सन् १९९४ देखि सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले निरन्तर विजयी प्राप्त गर्यो। पवनकुमार चाम्लिङले निरन्तर पार्टी र सरकार चलाए। तर अब फेरि उनको पार्टी सत्ताच्यूत भएको छ। सिक्किम मात्रै भारतकाे त्यस्तो राज्य हो जहाँबाट सन् १९७९ यता सधैँ क्षेत्रीय पार्टीले मात्रै सरकार चलाइरहेका छन्।