काठमाडौँ - नेपाली कांग्रेस निकट नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले प्रधानमन्त्री केपी ओली भ्रष्टाचारी र जग्गा दलालहरूकाे कमाण्डर भएको टिप्पणी गरेका छन्।
शुक्रबार नेपाल तरुण दल कोहलपुर नगर समिति बाँकेद्वारा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शाहीले यस्तो टिप्पणी गरेका हुन। ‘भ्रष्टाचार मुक्त नेपाल, सुशासन युक्त नेपाल’ भन्ने मुल नाराका साथ भ्रष्टाचारको भण्डाफोर अभियानमा जुटेको तरुण दलले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ।
महामन्त्री शाहीले नेपाली पब्लिकसंगको कुराकानिमा भने, ‘प्रधानमन्त्री ओलीनै भ्रष्टाचारीको संरक्षणमा जुट्नु भएको छ।भ्रष्टाचारको कमाण्डर बनेर मुलुक विकसित बनाउने र जनतालाई सुखि बनाउने भन्नु भएको छ, यो झुट हो, दलाल, भूमाफिया र उपभोक्तावादको अभ्यासले देशको उत्थान गर्न सक्दैनन्।’