हेटौंडा – बिहीबार प्रदेश ३ को प्रदेशसभामा प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गर्दै प्रस्ताव दर्ता भएको छ। सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा प्रदेशसभाको सचिवालय हेटौडामा प्रस्ताव दर्ता भएको हो।
सचिवालयमा प्रस्ताव दर्ता गरेलगत्तै प्रदेश सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने माग गरे।
सांसद ग्लानले संघीय गणतन्त्रात्मक नेपालको राज्य पुन:संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई कार्यन्वयन गर्नका लागि पनि प्रदेश ३ को नाम ताम्सालिङ राख्नुपर्ने बताए।