कैलाली, २७ पुस। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्न वर्तमान सरकार चुकिरहेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले भने, “दुई तिहाइ बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि इमानदारिताका साथ अगाडि बढ्न सकेकाे छैन।”
सरकारले सुशासन, विकास र समृद्धिको नारा अगाडि सारेको तर कामकारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको भन्दै जनतालाई केन्द्रबिन्दुमा राखेर राहत दिने ठाउँमा सरकार अल्मलिएको नेता सिंहले धारणा व्यक्त गरे।
नेता सिंह कार्यकर्ता भेटघाटका लागि केही दिनयता पश्चिम नेपालकाे भ्रमणमा छन्।