सुर्खेत - सुर्खेत प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) माओवादीका दुई नेतालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार जिल्लाको भेरीगंगा नगरपालिका –५, भर्नेनीबाट विप्लव माओवादीका केन्द्रीय सदस्य तथा भेरी ब्युराे इन्चार्ज बलबहादुर ओली र सुर्खेत जिल्ला इन्चार्ज खड्कबहादुर खड्कालाई पक्राउ गरेको हो।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई घेराबन्दी गरेर प्रक्राउ गरिएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले पक्राउ परेकाका साथबाट पार्टीका महत्वपूर्ण कागजात बरामद गरी आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको जानकारी दिए।