काठमाडौँ - अनेरास्ववियुका अध्यक्ष ऐन महरले आफ्नो संगठन अनेरास्ववियुलाई कम्युनिस्ट आन्दोलनको जगका रुपमा विकास गर्ने बताएका छन्। २६औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जेठ ३ गते महरलाई नेकपाले अनेरास्ववियुको अध्यक्षमा चयन गरेको हो।
आज मात्रै सामाजिक सञ्जालमा स्टाटस राखेर भनेका छन्, ‘सिङ्गो अखिल पंक्तिलाई एकताबद्ध बनाएर एउटै ताल र चालमा अगाडि बढ्ने छौं। सुखी नेपाली, समृद्ध नेपालको महाअभियानको सारथि बन्नेछौं। यो ऐतिहासिक जिम्मेवारी पुर्ण विश्वासका साथ प्रदान गर्ने हाम्रो गौरवशाली पार्टी नेकपा र पार्टी नेतृत्वप्रति हार्दिक आभार प्रकट गर्दछु।’
‘म एउटा सामान्य मान्छे हुँ । सुदूरपश्मिच बिकट पहाडी जिल्ला बझाङ्गमा जन्मेर, हुर्केर स्कुल शिक्षा प्राप्त गरि २०५५ सालमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ प्रवेश गरे पश्चात् विद्यार्थी आन्दोलनको नेता संगठन तत्कालिन अनेरास्ववियुको कार्यकर्ता बनेर इमानदारीका साथ निरन्तर क्रियाशिल बनी कहीले उकाली, कहिले ओराली अनि विभिन्न आरोहअवरोह पार गर्दै आएको छु।
२१ वर्षको यो निरन्तर क्रियाशिलताको उपज आज एउटा ऐतिहासिक जिम्मेवारी प्राप्त भएको छ। नेपालको विद्यार्थी आन्दोलनको प्रमुख दुई ठूला संगठनको एकता पश्चातको नेतृत्व गर्ने विषय आफैमा ठूलो अवसर हो र योसंगै आइलाग्ने चुनौती पनि छन।
तर हरेक चुनौतीहरूलाई अवसरमा रुपान्तरण गर्दै हामी अगाडी बढ्नेछौं र परिवर्तित सन्दर्भमा विद्यार्थी आन्दोलनलाई एउटा उचाई प्रदान गर्नेछौं, यो आन्दोलन प्रतीको बिश्वास र भरोसा थप बलियो बनाउने छौं, लाखौं विद्यार्थीहरूको आकर्षणको केन्द्र बनाउने छौं।
नेपाली कम्युनिस्ट आन्दोलनको जगकारुपमा अनेरास्ववियुलाई विकास गर्नेछौं। सिङ्गो अखिल पंक्तिलाई एकताबद्ध बनाएर एउटै ताल र चालमा अगाडि बढ्ने छौं। सुखी नेपाली-समृद्ध नेपाल को महा अभियानको सारथि बन्नेछौं। यो ऐतिहासिक जिम्मेवारी पुर्ण बिश्वासका साथ प्रदान गर्ने हाम्रो गौरवशाली पार्टी नेकपा र पार्टी नेतृत्व प्रती हार्दिक आभार प्रकट गर्दछु। साथै यो अभियानमा लाग्नुहुने सम्पुर्ण साथिहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु।
फेरि पनि सम्पुर्णसाथीहरूको पुर्णसाथ सहयोगको अपेक्षा गर्दै नेकपाको विभिन्न जनसंगठनको संयोजक सह-संयोजक हुनुभएका सबै कमरेड हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।’