काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनका संयोज र सह-संयोजक तोकेको छ।
विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सह-संयोजकमा रञ्जित तामाङले जिम्मेवारी पाएका छन्। महर पूर्व एमाले निकट अनेरास्ववियुका महासचिव हुन। त्यस्तै तामाङ पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हुन्।
यस्तै, महिला संयोजकमा माओवादीकी अमृता थापा र सहसंयोजकमा एमालेकी सीता पौडेलले जिम्मेवारी पाएका छन्। युवामा माओवादीका रामप्रसाद सापकोटा (दीपशिखा) संयोजक र एमालेका रमेश पौडेल सहसंयोजक तोकिएका छ।
पार्टीले मजदुरको संयोजकमा एमालेका विनोद श्रेष्ठ र माओवादीको तर्फबाट सहसंयोजकमा जगत सिम्खडा तोकिएको छ। यस्तै, प्रेस संगठनमा माओवादी निकटका महेश्वर दाहाल संयोजक र एमाले निकटका गणेश बस्नेत सहसंयोजक तोकिएका छन्।
बुद्धिजिवीमा एमालेका दिनेशचन्द्र देवकोटा संयोजक र माओवादीका कृष्ण केसी सहसंयोजक तोकेको छ। पार्टीमा सबैभन्दा बढी प्रभाव भएका यी चार संगठनलाई समान तवरबाट भागबण्डा गरिएको हो।
त्यस्तै इन्जिनियर जनवर्गीय संगठनको संयोजकमा सम्भु बहादुर श्रेष्ठ र सहसंयोकमा हरि पराजुली चयन भएका थिए। श्रेष्ठ तत्कालीन एमालेका तर्फबाट हुन् भने पराजुली माओवादी निकट हुन्। मानव अधिकार तथा समाजिक अभियान नेपाल संयोजकमा मिनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल नाम कार्यदल तोकिएको छ।
शाही तत्कालीन एमाले निटक हुन् भने पोखरेल माओवादी निकट हुन्। यस्तै, नेपाल कानून व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमढिणि पोखरेलको नाम सिफारिस गरिएको छ। नेपाल तत्कालीन एमाले निकट र पोखरेल माओवादी निकट हुन्।