काठमाडौँ - अनेरास्ववियुको सह-संयोजकको जिम्मेवारी पाएका रञ्जित तामाङले आफूमाथि अन्याय भएको बताउदै राजीनामा दिने भएका छन्।
माओवादी निकट तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले विधि, पद्दती र नियम मिचेर एकता गरिएको भन्दै आपत्ति जनाएका हुन्। पहिलो पटक निर्वाचनबाट अखिल क्रान्तिकारी अध्यक्ष भएको उल्लेख गर्दै तामाङले आफूमाथि भएको अन्यायले विद्यार्थी संगठनलाई मात्र नभई सिंगो पार्टीलाई राम्रो नगर्ने तामाङले बताए।
‘विद्यार्थी एकता गर्दा योग्यता क्षमतालाई नेतृत्वले पटक्कै ध्यान दिएन,’ तामाङले भने, ‘पार्टी नेतासँगको सम्बन्धलाई आधार बनाएर जिम्मेवारी तोकियो।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे बिहीबार बसेकाे सचिवालय बैठकले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपछि बिबाद शुरू भएकाे छ। अनेरास्ववियुका तत्कालिन महासचिव ऐन महरलाई संयृक्त अनेरास्ववियुको संयोजक तोकिएको छ।