काठमाडौँ - अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले एकताको विधिलाई कुल्चेर संगठनको नेतृत्व चयन नगर्ने आग्रह गरेका छन्। उनले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै भनेका छन्, एकताको विधि विचित्रको नअपनाइयोस्। अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनु पर्नेमा अनेरास्ववियूमा एकैचाेटी महासचिवमा पो झरेको भन्ने सुनियो ! अध्यक्षपछि रोल नं २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र?
यस्तो दोहोरो मापदण्ड पक्कै पनि नअपनाउनु पर्ने। पार्टीको आधिकारिक घोषणा नहुन्जेल यस्तो कुरामा विश्वास गर्ने कुरै भएन। अनेरास्ववियुको संगठित इतिहासमा १७औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष, उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको छु। हाल एकीकृत अनेरास्ववियूको संयोजक बन्ने चाहाना पार्टी नेतृत्वको सामु स्पष्ट ढंगले राखेको थिएँ। दावेदारहरुलाई कम्तीमा पार्टीले छलफल गर्ने पूर्ण आशा छ। पार्टीको आधिकारिक धारणा आएपछि बधाई दिनु परे दिउँला। अहिलेलाई हल्लाको पछि लागिएन, उनले फेसबुकमा लेखेका छन्।
साथै विधिपुर्वक गरिने निर्णयलाई स्वीकार गरिने बताउदै नेता आचार्यले पार्टीको आधिकारिक निर्णय नआउन्जेल होहल्लाको पछि नलाग्नसमेत आग्रह गरेका छन्। भोलि जेठ तीन गते पार्टी एकता दिवसको अवसरमा सत्तारूढ नेकपाको बाँकी एकता टुंगो लाग्ने बताइएको छ।
