काठमाडौँ – भ्रष्टाचार नियन्त्रणका लागि विवेकशिल पार्टीले सुदूरपश्चिम प्रदेशमा अभियान शुरु गरेको छ। बुधबार कैलालीको टीकापुरबाट शुरु गरिएको उक्त अभियानलाई ‘भ्रष्टाचार विरुद्व साझा सुदूरपश्चिम यात्रा’ नाम दिइएको छ।
जेठ ११२ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गरिनेछ। जसअन्तर्गत बुधबार कैलालीको टीकापुरको कान्छी बजार, सुख्खड बजार र मसुरियामा कोणसभा आयोजना गरिएको छ।
जेठ २ गते अत्तरिया, कञ्चनपुरको झलारी, महेन्द्रनगर, जेठ ३ गते कञ्चनपुरको आईविआरडी, बेलौरी, बेल्डाडी, जेठ ४ गते कैलाली फुलबारी र धनगढीको पार्कमोड, जेठ ५ गते डडेल्धुराको अमरगढी, पोखरा, बैतडीको खोड्पे, ६ गते बैतडीको पाटन र गोठलापानी, ७ गते गोकुल र दार्चुलाको खलंगामा कार्यक्रम तय भएको विवेकशिल साझा पार्टीले जनाएको छ।
जेठ ९ गते बझाङ सदरमुकाम चैनपुर, १० गते डोटीको दिपायल, सिलगढी र साफे, ११ गते बाजुराको मार्तडी, अछाम सदरमुकाम मंगलसेन तथा १२ गते अछामको कमल बजार र बिनायकमा कोणसभा गरिने बताइएको छ।
भ्रष्टाचार विरुद्धको अभियानमा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल लगायतका नेताहरुको सहभागिता छ।
गाउँगाउँमा भइरहेको भ्रष्टाचारबा विरुद्व आम नागरिकलाई जागरुक बनाउनका लागि उक्त पार्टीले ‘भ्रष्टाचार विरुद्व साझा सुदूरपश्चिम यात्रा’ सञ्चालन गरेको जनाएको छ।