काठमाडौं, २५ पुस। चर्चित नेपाली लेग स्पिनर सन्दीप लामिछाने लामाे समयपछि विकेट लिन असफल भएका छन्। सिलेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेलिरहेका सन्दीपले पहिलो खेलमा २ विकेट लिएपनि बुधबार भएको दोश्रो खेलमा विकेट लिन सकेनन्।
चार ओभर बलिङ गरेर २१ रन खर्चेका सन्दीपले विकेट चट्काउन सकेनन्। सम्हालिएर बलिङ गरेका सन्दीपले आफ्नो अन्तिम ओभरमा १ चाैकासहित ९ रन खर्चे। आफ्नो पहिलो ओभरमा ४ रन खर्चेका सन्दीपले दोस्रो ओभर तीन रनमा टुंग्याएका थिए। त्यस्तै तेस्रो ओभरमा भने उनले पाँच रन खर्चिए।
प्रतियोगिताको डेब्यु खेलमा सन्दीपले कोमिला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिएका थिए। उक्त खेलमा पनि पूरा चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेका थिए। बिग ब्यास खेल्दै गरेका सन्दीप बिचैमा अष्ट्रेलियाबाट बंगलादेश गएका हुन्।