बुटवल - रुपन्देहीको बुटवलमा चलिरहेको नेपाली कांग्रेस बुटवल नगरको सम्मेलनमा नेकपा महासचिव बिष्णु पौडलविरुद्ध ‘खेद प्रस्ताव’ पारित गरेको छ।
बुटवलमा जारी नगर सम्मेलनमा नगर सभापति खेलराज पाण्डेले आफ्नो प्रतिबेदन पेश गर्नेक्रममा ‘नेकपा महासचिव तथा रुपन्देही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य बिष्णु पौडेलले बालुवाटार जग्गा आफ्नो छोराको नाममा गराएको सुन्दा आफ्ना जनप्रतिनिधिप्रति लज्जाबोध भएको बताए।
महासचिव बिष्णु पौडेलविरुद्ध नगर समितिका तर्फबाट ‘खेद प्रस्ताव राख्छु’ भनेपछि कार्यक्रममा उपस्थित कांग्रेस नेता कार्यकर्ताले ताली बजाएर प्रस्ताव पारित गरेका थिए। सम्मेलनमा दुई दर्जन बढी केन्द्रीय नेतासहित करिब एक हजार कार्यकर्ता सहभागी थिए।