काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहनुभएकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी ताकिकि छन्।
राष्ट्रपतिको कार्यालयले बिहिबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार प्रधानमन्त्रीको सिफारिशमा संविधानबमोजिम रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको हो।
प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि बिहिबार त्यसतर्फ प्रस्थान गरेका छन्।