काठमाडाैँ, २५ पुस। अस्ट्रेलियन बिग बास लिग हुँदै बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले बङ्गलादेशमा दोस्रो खेल खेल्दैछन्। लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो। पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।
सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग पराजित भएको थियो। बीपीएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सोही प्रदर्शन दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रिनेछन्। अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बङ्गलादेश गएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए।