काठमाडौँ – वर्तमान सरकारका उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच पार्टी एकीकरण भएको छ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकीकरण गरेर समाजवादी पार्टी, नेपाल बनाइएको छ। दुई पार्टीबीच भएको एकतासम्बन्धि सहमति पत्रमा भट्टराई र यादवले हस्ताक्षर गरे।
[caption id="attachment_43013" align="alignnone" width="900"]
एकीकरणपछि समाजवादी पार्टी नेपालले सङ्घीय समाजवादी फोरमले नै प्रयोग गर्ने झण्डा (रातो र हरियो पृष्ठभूमिमा सेतो तारा अंकित झण्डा) प्रयोग गर्ने छ। चुनाव चिह्नको विषयमा भने टुङगो लागेको छैन। फोरमले मसाल र नयाँ शक्तिले देब्रे आँखा चुनाव चिह्न प्रयोग गर्दै आएका छन्।[/caption]
समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाले कार्यक्रममा उपस्थित भएर पार्टी एकता घोषणा सभालाई शुभकामना दिएका थिए।