काठमाडौँ – पुर्व सांसद गायत्री शाह र उनका श्रीमान् राजेश महतो पक्राउ परेका छन्। आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा ललितपुर प्रहरीले शाह दम्पतीलाई नख्खुस्थित मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो।
डिएसपी नारायण चिमोरियाका अनुसार अस्पतालमा बच्चा छाडेको भन्दै मेडिसिटी अस्पतालले प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी चिमोरियाले जानकारी दिए।
पक्राउ गरिएका शाह दम्पतीलाई सोमबार अदालतमा उपस्थित गराइने छ। अस्पतालको लापरबाहीका कारण डाउन सिण्ड्रोम भएको बच्चा जन्मिएको भन्दै शाह दम्पतीले बच्चा लिन अस्वीकार गर्दै आएका थिए।