ललितपुर – ललितपुर महानगरपालिकाले आगलागीबाट हुने आपत्कालीन अवस्था टार्न वडा नं १२ मङ्गलबजारको पर्यटक शौचालय क्षेत्र नजीकै पानी जम्मा गर्ने (रिजर्भ टयांकी) निर्माण गर्ने भएको छ।
उक्त ट्यांकीबाट काठमाडौँ उपत्यकाभरका जनताले आपत्कालीन अवस्थामा पानीको उपभोग गर्ने सुविधा पाउनेछन्। महानगरपालिकाले विपत् व्यवस्थापन कोषमा छुट्टाएको १० करोड रुपैयाँमध्ये यो एउटा सानो ७० देखि ७५ लाखको योजना भएको ललितपुर – १२ का वडाध्यक्ष नारायणलाल अवालले जानकारी दिए।
‘उक्त ट्यांकी २५ हजार लिटर पानी अटाउने क्षमताको हुनेछ’, अवालेले भने, ‘ट्यांकी निर्माणको लागि ढाँचा तयार सम्पन्न भइसकेकाले १५ दिनभित्रमा काम अघि बढाउने छाँ।’ उपत्यकामा तत्काल आगलागी भई पानीको आवश्यकता पूर्ति गर्न सजिलै होस् भनी यस माध्यमलाई अघि बढाएको बताइएको छ।
यसैबीच महानगरपालिकाले तीन लाख रुपैयाँ खर्च गरी प्रत्येक वडामा दुई दुई सडक बत्ती राख्ने भएको छ। त्यस्तै अव्यवस्थित सडकमा ढुङ्गा छापेर हिँड्डुल गर्न सहज बनाउने योजना अघि बढाइने जनाइएको छ।